शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अध्ययन भन्छ, "भारतमा मनसुनका कारण कोरोना संक्रमण तिब्र गतिमा बढ्छ"

अध्ययन भन्छ, "भारतमा मनसुनका कारण कोरोना संक्रमण तिब्र गतिमा बढ्छ"

नागरिक पाटी

४, श्रावण २०७७
  • 7.0K
    SHARES
  • अध्ययन भन्छ, "भारतमा मनसुनका कारण कोरोना संक्रमण तिब्र गतिमा बढ्छ"

    काठमाडौँ । भारतमा गरिएको एक अध्ययनले मनसुन र चिसो मौसममा कोरोनाको संक्रमण तिब्र गतिमा बढ्ने निष्कर्ष निकालेको छ । भारतको आइआइटी-भुवनेश्वर र एम्सका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो ।

    images
    images

    यस अध्ययनमा बर्षाका कारण तापक्रम तल झर्ने र सर्दिको मौसममा कोरोना फैलिन अनुकुल मौसम हुने बताइएको छ । यस अध्ययनलाई आइआइटी-भुवनेश्वरका स्कुल अफ अर्थ, ओसियन एण्ड क्लाइमेट साइन्सका असिस्टेन्ट प्रोफेसर वी विनोजले नेतृत्व गरेका थिए ।

    कोभिड स्प्रेड इन् इंडिया एण्ड इट्स डिपेन्डेन्ट्स अन टेम्पेरेचर एण्ड रिलोटिभ ह्युमीडिटी नाम दिइएको यस अध्ययनमा भारतका २८ राज्यमा कोरोना संक्रमण फैलिरहेको तरिकाको अध्ययन गरिएको थियो । साथै यस अध्ययनले तापक्रम बढ्दा संक्रमणको रफ्तार कम हुने पाइएको उल्लेख छ ।

    भारतीय समाचार एजेन्सीले यस रिपोर्टलाई उल्लेख गर्दै समाचार सार्वजनिक गरेपनि यस अध्ययनको विस्तृत रिपोर्ट अझै बाहिर प्रकाशित नभएको बताइएको छ । अहिलेसम्म भारतमा १० लाख ८० हजार संक्रमित भएका छन् भने २६ हजार ८ सय जनाको ज्यान गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १९:१९:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology