थाक्रे । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ रानीवारीमा पहिरोमा परि मृत्यु भएका सानु बाबु पन्तका आफन्तलाई राष्ट्रिय युवा संघको सहयोगमा नगद रु ५० हजार प्रदान गरिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद भुमि त्रिपाठीको नेतृत्वमा पहिरोबाट च्यापिएर ज्यान गुमाएका स्व. ५५ वर्षका पन्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन,आफन्तजन लगायतमा समवेदना व्यक्त गरि परिवारलाई राहात स्वरुप रु ५० हजार हस्तान्तरण गरिएको हो ।
गोठमा गएको समयमा पहिरो खस्दा च्यापिएर उनको मृत्यु भएको थियो । पहिरोको कारण गोठ भत्किदा एउटा राँगो समेत पुरिएको थियो । सहयोग कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल थाक्रे गाउँपलिका अध्यक्ष रामकुमार आचार्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका नेता रमेश आचार्य, नेकपा, धादिङका नेता रामहरि अधिकारी, मदन भण्डारी फाउण्डेशन धादिङ अध्यक्ष उमेश थापा, प्रेस संगठन केन्दिय कमिटी सदस्य रामेश्वर कार्की, नेकपा थाक्रेगाउँपालिका अध्यक्ष कृष्ण पन्त, नेकपा धादिङ जिल्ला कमिटी सदस्य गोकर्ण रुपाखेती, थाक्रेगाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती पौडेल, जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मीला रेग्मी सहित नेकपाका बिभिन्न नेता तथा जनप्रतिनिधीहरु श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।