आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीकी कोइरालाको साइप्रसमा भएको सवारी दुर्घटनामा मृत्यु

धुनिवेशीकी कोइरालाको साइप्रसमा भएको सवारी दुर्घटनामा मृत्यु

नागरिक पाटी

१२, श्रावण २०७७
  • 28.1K
    SHARES
  • धुनिवेशीकी कोइरालाको साइप्रसमा भएको सवारी दुर्घटनामा मृत्यु

    काठमाडौँ । साइप्रसमा एक नेपाली विद्यार्थी रेनुका कोइराला (जोशना)को सवारी दुर्घटनामा मृत्यु भएको छ । अध्ययनको सिलसिलामा साइप्रसमा रहेकी २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले बताएको छ ।

    images

    २५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको निकोसीया प्रहरीले पुष्टि गरेको छ ।

    मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १२:३६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology