दाङ । दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएको पहिरोमा पुरिँदा गएराति दुई जनाको मृत्य् भएको छ। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा.५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् । बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्य् भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।