काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १५ लाख माथी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७६८ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसका नौ लाख ८८ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।