आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

नागरिक पाटी

२१, श्रावण २०७७
  • 7.8K
    SHARES
  • मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’का लागि सात पुस्तकहरू छनौट गरेको छ। गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो।

    images

    प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ।

    गुठीले मदन पुरस्कारका लागि विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह', भुवन ढुङ्गानाको 'परित्यक्ता', योगी धर्ममहारसको 'महारसनिघण्टु (खण्ड १ – ३)', चन्द्रप्रकाश बानियाँको 'महारानी', ललित बिष्टको 'मोहपथ' र शारदा शर्माको 'यात्रामा' छनौट गरेको छ। 

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - १५:१५:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology