शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा भुवनेश्वरी खेल मैदान निर्माणको शिलान्यास (भिडियो सहित)

धुनिबेशीमा भुवनेश्वरी खेल मैदान निर्माणको शिलान्यास (भिडियो सहित)

नागरिक पाटी

२२, श्रावण २०७७
  • 13.9K
    SHARES
  • धुनिबेशीमा भुवनेश्वरी खेल मैदान निर्माणको शिलान्यास (भिडियो सहित)

    पुरानो धार्के । धादिङको धुनिबेशी नगरपालिका ५ मा भुवनेश्वरी खेल मैदानको शिलान्यास गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलले खेल मैदानको शिलान्यास गर्नुभएको हो । बागमती प्रदेश र धुनिबेशी नगरपालिकाको साझेदारीमा खेल मैदानको प्याराफिट निर्माण हुन लागेको नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।

    images
    images

    जेसिका विल्डर्स प्रा.लि ले प्याराफिट निर्माणको जिम्मा पाएको छ । १ करोड २२ लाख ९५ हजार ८ सय २९ रुपैँयामा गत जेठ २८ गते सम्झौता भएकोमा यहि वर्षको पौष २७ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । धादिङमै पहिलो प्याराफिट सहित निर्माण हुन लागेको खेलमैदानका कारण स्थानिय खेलप्रेमीहरु खुसी भएका छन् ।

    भिडियो हेर्नुहोस् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १२:५२:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology