आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

नागरिक पाटी

२७, श्रावण २०७७
  • 8.4K
    SHARES
  • आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

    धादिङ । आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।

    images

    भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । पृथ्वीमा प्राणीको संरक्षण र धर्मको संस्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ ।

    उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान कृष्णलाई योगेश्वर भन्ने गरिन्छ । धर्म रक्षार्थ उहाँले कंसको बध गर्नुभएको र गाई संरक्षणका लागि गोवद्र्धन पर्वत बचाउनुभएको पाइन्छ । भगवान कृष्णले कंसपात्र पूतनाको स्तनपान गरी रगतसमेत चुसेर उनको संहार गरेको सम्झनामा नागपञ्चमीदेखि देखाइने लाखेनाच कृष्णाष्टमीमा सेलाउने चलन छ । यस दिनमा कृष्णको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगायतका कृष्णलीलाको मञ्चन गरिन्छ । भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिई धर्मयुद्ध गराई न्यायको स्थापना गर्न सहयोग गर्नुभएको थियो ।

    धनुषधारी अर्जुनको सारथी बनेर उहाँले दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको गीतादर्शन विश्वमै बेजोड मानिन्छ । श्रीमदभागवत् गीताको रुपमा परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानित छ । कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको झुला निकाली भजनकीर्तन र पूजाआजा गरिन्छ ।

    कृष्णाष्टमीदेखि लोकमा तीजको गीत गाउन थालिन्छ । कृष्णाष्टमीका दिन ललितपुरको पाटनस्थित कृष्णमन्दिर, काठमाडौको स्वयम्भूमा रहेको गीतामन्दिर, टेकुमा रहेको राधाकृष्णमन्दिर, बूढानीलकण्ठस्थित कृष्णमन्दिरका साथै चतराधाम, कालीगण्डकी नदीकिनारमा रहेका देवघाट केलादीघाट रुरुक्षेत्रका कृष्णमन्दिरलगायत देशैभर भगवान श्रीकृष्णको विशेष भक्ति र उपासना गरी कृष्णजन्माष्टमी पर्व मनाउने परम्परा छ । तर यस वर्ष कारोना भइरसको संक्रमणबाट उत्पन्न महामारीका कारण यस वर्षको कृष्णाष्टमी पर्व प्रभावित भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - ०७:१९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology