शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२७, श्रावण २०७७
  • 16.1K
    SHARES
  • धादिङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङमा आज एकैदिन थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका–३ का ४६ र ४७ वर्षिय पुरुष, नीलकण्ठ–२ का २७ वर्षिय पुरुष, धादिङ बस्ने गोरखा नगरपालिका–११ को ३२ वर्षिय पुरुष,ज्वालामुखी–५ का ३१ वर्षिय पुरुष र रुविभ्याली गाउँपालिका–१ का ३९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    त्यस्तै धुनिबेसी नगरपालिका–६ का ३३ वर्षिय पुरुष, धुनिबेसी–२ का ३८ वर्षिय पुरुष,गल्छी गाउँपालिका–८ का ८ वर्षिय बालक र गंगाजमुना गाउँपालिका वडा नं।५ का ३३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या १ सय ५५ पुगेको

    यससँगै धादिङका १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । आज गंगाजमुना र रुविभ्याली गाउँपालिकाका १÷१ जना संक्रमित फेला परेका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ७२ जना,ज्वालामुखी गाउँपालिकामा ३२ जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २ जना, गल्छीमा ४ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा ४, गजुरीमा ४ जना, खनियाबासका ३,रुविभ्यालीका १ र गंगाजमुनामा १ जना गरी १ सय ५५ जना रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १९:२८:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology