काठमाण्डौ । देशका विभिन्न अस्पतालमा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। ललितपुर, मोरङ, रुपन्देही र सप्तरी, धनुषामा गरी चार पुरुष र एक महिलाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।