शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाद्धारा कोरोना भाइरस सम्बन्धि जनहितमा जारी सन्देश

धुनिवेशी नगरपालिकाद्धारा कोरोना भाइरस सम्बन्धि जनहितमा जारी सन्देश

नागरिक पाटी

२९, श्रावण २०७७
  • 11.2K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्धारा कोरोना भाइरस सम्बन्धि जनहितमा जारी सन्देश

    धुनिवेशी । नेपालमा दिनदिनै कोरोना संक्रमण दर बढिरहेको अबस्थामा बिभिन्न जिल्ला तथा क्षेत्रहरुमा निषेधाज्ञा जारी भईरहेका छन् । धादिङ जिल्लामा पनि कोरोना संक्रमणदर उच्च भएको अबस्थामा पालिकाहरुले निषेधाज्ञा जारी गरेका छन् । धुनिबेशी नगरपालिकाले पनि आज राती १२ बजेबाट लागू हुने गरि अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले अत्याबश्यक बाहेक अन्य सेवालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । आज एक सुचना जारी गर्दै नगरले होटल, रेष्टुरेन्ट, लज लगायतका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको क्षेत्रभित्र रहेका पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका दायाँ र बायाँ सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट,खाजाघर, लज लगायतका सेवा बन्द गर्ने निर्णय भएको सुचनामा जनाईएको छ ।

    images
    images

    यसैगरी कुनै पनि सभा, सम्मेलन, पार्टी लगायतका कार्यक्रम नगर्न अनुरोध समेत गरिएको छ भने बाहिर ननिस्कन पनि आग्रह गरिएको छ । यदि घर बाहिर जानुपर्ने अबस्था आए मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ । आफ्नो गाउँमा बिदेशबाट आएका कुनै ब्यक्तिहरु भए वडामा जानकारी दिन पनि आग्रह गरिएको छ ।

    यस्तै धादिङकै थाक्रे गाउँपालिकाले पनि अत्याबश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैक्रममा धादिङको सिद्धलेक गाउँपालिका एक हप्तासम्म बन्द गरिने भएको छ । बिहिबार पालिका स्तरिय विपद व्यवस्थापन समितिको बैठक बसी गाउँपालिका भित्र साउन ३० गते देखि लागू हुने गरि अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता वन्द गरिने निर्णय गरेको हो । बैठकले गाउँपालिकाभित्र संक्रमण रोकथामका लागी भोलि शुक्रबारदेखी भदौ ४ गते सम्मका लागी गाउँपालिका र अन्तरगतका वडा कार्यालयहरुमा अत्त्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत धनेश्वर पौडेलले बताए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १८:५९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology