धादिङ । धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको धुनीबेशी नगरपालिका–३ की २५ वर्षिय महिला,ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका–४ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ६७ पुगेको छ।