धार्के । आज धादिङको धुनीबेशी नगरपालिका वडा नम्बर २ का १० वर्षिय बालक र थाक्रे गाउँपालिका स्थाई घर भए पनि काठमाण्डौंका बासिन्दा ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो । यो सँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ७० पुगेको छ ।