शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा कारोना संक्रमितको संख्या ३६ लाख माथी

भारतमा कारोना संक्रमितको संख्या ३६ लाख माथी

नागरिक पाटी

१५, भाद्र २०७७
  • 5.8K
    SHARES
  • भारतमा कारोना संक्रमितको संख्या ३६ लाख माथी

    काठमाडौं । भारतमा आइतबार एकैदिन झण्डै साढे ७९ हजार जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्। पछिल्लो विवरण अनुसार भारतमा हिजो एकैदिन ७९ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९ सय ६० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६४ हजार ६ सय १७ रहेको छ। संक्रमितमध्ये २७ लाख ७२ हजार भन्दा धेरै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
    यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १८ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ८८ जनाको मृत्यु भएको छ। अमेरिकामा हिजो मात्रै ३२ हजार ६ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ। यस्तै ब्राजिलमा १५ हजार ३ सय ४६ जना नयाँ संक्रमित थपिँदा ३ सय ३० जनाको मृत्यु भएको छ। एजेन्सी

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०७:२८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology