मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

२२ अंकले बढयो नेप्से , झन्डै साढे ३ अर्बको कारोबार

२२ अंकले बढयो नेप्से , झन्डै साढे ३ अर्बको कारोबार

नागरिक पाटी

१५, भाद्र २०७७
  • 5.1K
    SHARES
  • २२ अंकले बढयो नेप्से , झन्डै साढे ३ अर्बको कारोबार

    काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २२.३१ अंकले बढेको छ । कारोबारको सुरुमा केही समय ओरालो लागेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा १.५३ प्रतिशतले बढेको छ ।

    images

    आज १४६२.६९ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४८४.९९ को बिन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये अँन्तम समय सम्म आउँदा पनि होटेल क्षेत्र भनि उकालो लाग्न सकेन ।

    आज कारोबारमा अन्तिम समयसम्म आएका १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ४० हजार २०६ पटक खरिद विक्री हुदाँ ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख ४६ हजार ३०५ कित्ता शेयर ५ हजार २९५ पटक खरिद विक्री हुदाँ २८ करोड ७१ लाख ४३ हजार रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १६:००:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology