धादिङ । गजुरी गाउँपालिकामा वडा नम्वर १ हागेटरमा चेपाङ छात्रबासको नयाँ भवन बन्ने भएको छ । चेपाङ समुदायको शैक्षिक स्तर वृद्दी गर्ने उद्देश्यका साथ प्लानेट इन्फ्रान्ट एन्ड डेभ्लपमेन्टको सहयोग र प्रयास नेपाल धादिङ्को सम्योजनमा छात्रवास निर्माण हुन लागेको हो । ३६ जना बालबालिका राखेर अध्यापन गराउन सहज हुने गरि छात्र बास निर्माण गर्न लागिएको हो । छात्रवास सङ्गै खेल मैदान , अध्ययनकाको लागि पुस्तकालय र वार्डेन रूम सहित बन्न लागेको हो । नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठान, जिल्ला विकास समिती धादिङको समन्वयमा २०६८ सालदेखी जिल्ला स्तरको चेपाङ छात्रवास सन्चालन गर्दै आइरहेको छ ।
स्थानिय निकायको गठन पछि गजुरी गाउपालिकाको आर्थिक सहयोगमा छात्रवास सन्चालन भैरहेको छ । स्थानिय निकायको गठन भए पछि केही समय समस्या भए पनि अहिले छात्रवास सन्चलानमा सहज भएको नेपाला चेपाङ सङ्घ जिल्ला कार्यसमितिका सचिब कृष्ण चेपाङले बतौनुभयो । हालसम्म २० जनाले यस छात्रवासमा बसेर अध्ययन गरि एस एल सि उत्तीर्ण गरिसकेका छन । एस एल सी उत्तीर्ण गरेका मध्य ४ जना स्टाफ नर्स उत्तीर्ण गरि सरकारी र गैर सरकारी निकायमा कार्यरत छन भने दुई जना शिक्षिका हुनुहुन्छ । १४ जनाले उच्च शिक्षा अध्ययन गरिरहनुभएको छ ।
छात्रवासमा बसेर अध्ययनका लागि छनौट गर्दा अभिभावक गुमाएका, आर्थिक अवस्था कमजोर भएका विद्यालय टाढा भएकालाई विशेषगरी प्राथमिकतामा राखेर छनौट गरि नेपाल चेपाङ सङ्घले सिफारिस गरेका चेपाङ छात्राहरुलाइ छनौट गर्ने गरिन्छ । छात्रवासका कारण चेपाङ समुदायको शैक्षिक स्तर वृद्दी मा सहयोग पुगेको चेपाङले बताउनुभयो । यसै गरि चेपाङ विकास कार्यक्रम अन्तर्गत स्थापना भइ गोरखा, चितवन र मकवानपुर जिल्लामा पनि चेपाङ छात्रवास सन्चालन भैरहेको र हाल सम्बन्धीत स्थानिय निकायको सहयोगमा चेपाङ छात्रवास सन्चालन भैरहेको छ ।