शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ११ को शव भेटियो, अझै २० जना बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ११ को शव भेटियो, अझै २० जना बेपत्ता

नागरिक पाटी

२८, भाद्र २०७७
  • 6.6K
    SHARES
  • सिन्धुपाल्चोक पहिरोमा पुरिएका ११ को शव भेटियो, अझै २० जना बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा परि बेपत्ता भएका मध्ये ११ जनाको शव भेटिएको छ । पहिरोमा अझै २० जना हराइरहेका छन् । ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    पहिरोमा परेका ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी तामाङ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको बाह्रबीसेकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिएकी छिन् ।

    यस्तै थप दुई जनाको शव पनि प्रहरीले फेला पारेको छ । ५ वर्षीय सरस्वती विक र २८ वर्षीय करण श्रेष्ठको शव फेला परेको उपमेयर पाख्रिनले जानकारी दिएकी छिन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:३७:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology