धादिङ । धादिङका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना र गजुरी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ६ बर्षिय बालक र २९,३४,३६ बर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।
यस्तै नीलकण्ठ नगरपालिका वडा नं ८ का ३३ बर्षिय पुरुष र गजुरी गाउँपालिका वडा नं १ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनु भयो । धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ३३ पुगेको छ ।