धादिङ । धादिङका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ की २५ वर्षिय महिला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ बर्षिय पुरुष र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ३४ बर्षिय पुरुष र ५० बर्षिय महिला,गंगाजमुना गाउँपालिका वडा नं ७ की २६ बर्षिय पुरुष र ज्वालामुखी गाउँपालिका वडा नं ३ का ४३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ४६ पुगेको छ । त्यसैगरीे संक्रमितमध्ये आज शनिबार थप ७ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या २ सय ३७ पुगेको छ ।