शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ३४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ३ सय ८० पुग्यो

धादिङमा थप ३४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ३ सय ८० पुग्यो

नागरिक पाटी

४, आश्विन २०७७
  • 9.1K
    SHARES
  • धादिङमा थप ३४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ३ सय ८० पुग्यो

    धादिङ । धादिङका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको गल्छि गाउँपालिकाका १५ जना, ज्वालामुखीका ४ जना, नेत्रावतीका २ जना, नीलकण्ठका २ जना, गंगाजमुनाका २ जना, गजुरीका २ जना, सिद्धलेकका २ जना, धुनीबेशीका २ जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका ३ जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    जसमा गल्छि गाउँपालिकाका वडा नं ६ का ४४, ३४, २६, २५, २५, २६, २७, २६, २६, २६, २६, ३०, २७ बर्षिय पुरुष र २ जना उमेर नख्लेका पुरुष रहेका छन् ।

    ज्वालामुखी गाउँपालिका वडा नं ४ की २३ बर्षिय महिला, वडा नं ५ का २२ बर्षिय पुरुष, वडा नं २ की ३१ बर्षिय महिला र ८० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै गजुरी गाउँपालिका वडा नं १ का ३१,३५ बर्षिय पुरुष, त्स्तै सिद्धलेक गाउँपालिका वडा नं १ का ३६ बर्षिय पुरुष र २४ बर्षिय महिला रहेका छन् ।

    त्यस्तै गंगाजमुना गाउँपालिका वडा नं ६ का २८,३१ बर्षिय पुरुष, त्यस्तै नेत्रावती डवजोङ वडा नं २ का २० बर्षिय महिला र वडा नं ३ का ६४ बर्षिय पुरुष रहेका छन् ।

    त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं १३ का ७२ बर्षिय पुरुष, वडा नं २ की २८ बर्षिय महिला, त्यसै गरी धुनीबेशी नगरपालिका वडा नं ४ का ३३ बर्षिय पुरुष, वडा नं ५ की २० बर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    यस्तै धादिङ घर भई अन्य ठेगाना नखुलेका २८ बर्षिय महिला,५८ बर्षिय पुरुष, २५ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ८० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १७:५८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology