महादेववेशी । धादिङको थाक्रे ६ महादेबबेशीमा ४१औँ सामाजिक सेवा दिवसको अवशरमा वक्तृत्वकला प्रतियोगिता भएको छ । सिड्स नेपाल धादिङको आयोजना, संस्थागत बिकास संजालको साझेदारी, थाक्रे युबा परिषदको संयोजन तथा बे्रड फर द वल्र्डको आर्थिक सहयोगमा भएको प्रतियोगितामा युवा तथा बाल क्लबमा आवद्ध १७ जनाले भाग लिएका थिए ।
सामाजिक शान्ति र विकासमा यूवा सहभागीता सुनिश्चीत गरौं भन्ने विषयमा भएको खुल्ला यूवा वक्तृत्वकला प्रतियोगितामा सुजाता पौडेल प्रथम हुनुभएको छ । यस्तै प्रतियोगिताको दृतियमा विभिषा खतिवडा, तृतियमा सलिना थापा र सान्तवना मुना तामाङ हुनु भएको छ । कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनु हनेहरुलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाण पत्र वितरण गरिएको हो ।
प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार महासँघ धादिङका सचिव राजाराम शर्मा, जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक लावण फुँयाल, र गँगा सुबेदी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सामाजिक सेवा दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताले युवाको प्रतिभा निखारिने मौका पाएको बताउनुभएको छ । युवाको लागि र युवाकै विषयमा आफु र आफ्नो सँस्थाले विभिन्न काम तथा कार्यक्रमहरु गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईने पनि बताउनुभयो ।