शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, सडक एक तर्फि सञ्चालन

नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, सडक एक तर्फि सञ्चालन

नागरिक पाटी

८, आश्विन २०७७
  • 9.1K
    SHARES
  • नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, सडक एक तर्फि सञ्चालन

    धादिङ । लगातारको वर्षापछि पहिरो खस्दा नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ ठाउँमा पहिरोका कारण सडक एक तर्फि सञ्चालन भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक एक तर्फि सञ्चालन भएको हो । बुधबार राति पुनः पहिरो खसेपछि सडक एक तर्फि सञ्चालन भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । पहिरो हटाएर सडक एक तर्फि सञ्चालनमा आएको बताएका छन ।

    images
    images

    त्यसैगरी पृथ्वी राजमार्गको नौबिसे- मुग्लिन सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरिनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो । त्यस्तै धादिङको बनिघाट रोराङको मझिमटार जोगिमारा लगायका ठाउँमा पहिरो आए पछि सडक एक तर्फि सञ्चालनमा आएको छ । लगातार पानी पर्न थालेपछि नारायणगढ मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०८:३३:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology