शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गल्छिमा भएको ट्यांकर दुर्घटना शंकास्पद भएको निगमको भनाई

धादिङको गल्छिमा भएको ट्यांकर दुर्घटना शंकास्पद भएको निगमको भनाई

नागरिक पाटी

९, आश्विन २०७७
  • 10.7K
    SHARES
  • धादिङको गल्छिमा भएको ट्यांकर दुर्घटना शंकास्पद भएको निगमको भनाई

    काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

    images
    images

    दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए ।

    ‘पहिलेदेखि नै दुर्घनामा परेको ट्यांकर चालकको भूमिका शंकास्पद थियो, पछिल्लो समयमा मिसावटमा कडा कारबाही हुन थालेपछि दुर्घटना गराइएको आंशकामा अनुसन्धान गर्न भनिएको हो,’ डिपो प्रमुख प्रदिप कुमार यादवले भने ।

    असोज ४ गते विहानको दुई बजे नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो । दुवैजनालाई हिरासतमा लिएर अहिले गजुरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १८:५७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology