शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्धारा धुनिबेशी र थाक्रेका ८५ जना बालबालिकाको लागि खाद्य सामाग्री वितरण (फोटो फिचर सहित)

प्रयास नेपालद्धारा धुनिबेशी र थाक्रेका ८५ जना बालबालिकाको लागि खाद्य सामाग्री वितरण (फोटो फिचर सहित)

शिवराज आचार्य

१०, आश्विन २०७७
  • 6.2K
    SHARES
  • प्रयास नेपालद्धारा धुनिबेशी र थाक्रेका ८५ जना बालबालिकाको लागि खाद्य सामाग्री वितरण (फोटो फिचर सहित)

    धार्के । प्रयास नेपाल धादिङले ४१ औं सामाजिक सेवा दिवस २०७७ को अवसरमा मजदुरहरुका बालबालिकाको लागि खाद्यान्न सामाग्री सहयोग गरेको छ । धादिङको थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिकाका विपन्न तथा मजदुरका बालबालिकाहरुका लागि खाद्यान्न सामाग्री वितरण गरेको हो ।

    images
    images

    संस्थाले सामाजिक सेवा दिवसको अबसरमा थाक्रेको आग्रा खोलामा ढुङगा गिटीको काम गर्ने, थाक्रे ७ का विपन्न चेपाङ समुदाय र धुनिबेशीका विभिन्न ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाहरुलाई २५ किलोग्राम बराबरको एक बोरा चामल, दाल २ किलोग्राम, नुन १ किलोग्राम र खानेतेल १ लिटर वितरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

    थाक्रेको आग्रा खोला किनारमा गिट्टी कुट्ने मजदुरको २६ जना बालबालिका, थाक्रे गाउँपालिका वडा नम्बर ७ का विपन्न चेपाङ समुदायका १३ जना, थाक्रे ६ रानिबारीका तामाङ, भुजेल र दलित समुदायका ११ जना, धुनिबेशी नगरपालिकाको बच्छलादेवी ईट्टा उद्योगका ७ जना, शुभलाभ ईट्टा उद्योगका ७ जना, महालक्ष्मी ईट्टा उद्योगका ४ जना, रक्तकाली ईट्टा उद्योगका २ जना, स्वर्ण ईट्टा उद्योगका ८ जना र शिभम् ईट्टा उद्योगका ७ जना बालबालिकाहरु लाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

    दुई स्थानिय तहमा गरि ८५ जना बालबालीका लाई खाद्यान्न सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक अर्यालको भनाई छ ।

    फोटो फिचर...

    Paryash Nepal (6).JPG

    Paryash Nepal (4).JPG

    Paryash Nepal (7).JPG

    Paryash Nepal (8).JPG

    Paryash Nepal (9).JPG

    Paryash Nepal (10).JPG

    Paryash Nepal (11).JPG

    Paryash Nepal (12).JPG

    Paryash Nepal (16).JPG


    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - २०:०८:१५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology