आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रेडियो राजमार्ग दशौं वर्षमा प्रवेश

रेडियो राजमार्ग दशौं वर्षमा प्रवेश

नागरिक पाटी

११, आश्विन २०७७
  • 10.3K
    SHARES
  • रेडियो राजमार्ग दशौं वर्षमा प्रवेश

    धार्के । धादिङको धुनिबेसी नगरपालिका – ६ धार्केबाट प्रशारण भइरहेको रेडियो राजमार्ग ९२।१ मेगाहर्ज दशौँ वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो आईतबारदेखि नवौँ वर्ष पूरा गरेर दशौँ वर्षमा प्रवेश गरेको हो ।
    राजमार्ग सामुदायिक सञ्चार केन्द्रले नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी प्रसारण सुरु गरेको रडियो राजमार्ग बिहान ५ बजे देखि रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको छ ।

    images


    धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द्र रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तुमा पनि केन्द्रित हुँदै आएको छ । रेडियोले सडक सन्देश र खबरका साथै शिक्षा, स्वास्थ्य, मनोरञ्जन, आदिवासी जनजाति, दलित, महिलाका सवालमा समाचार र कार्यक्रम प्रशारण गर्दै आएको छ ।


    सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटर मार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम ९आरडिएस० प्रविधिको प्रयोग गरेको रेडियोले समाचार पोर्टल र मोबाईल एप्स मार्फत पनि सुसुचित गरिरहेको छ ।
    रेडियो राजमार्गले रसुवाको रेडियो लाङटाङ र नुवाकोटमा रहेको नुवाकोट एफएम सँग सहकार्य गरी समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । कार्यक्रम उत्पादनमा जिल्लाका रेडियोहरु सँग पनि सहकार्य गर्दै आईरहेको छ ।


    राजमार्गको सूचना, शिक्षा र सडक उपयोगको विषयमा नागरिक सवालका विभिन्न पक्षमा सहकार्य गर्दै आएको रेडियोले आगामी दिनमा रेडियोको प्रसारण सामाग्रीहरुलाई परिष्कृत गर्दै लैजाने स्टेशन म्यानेजर आशिष ठकुरीले बताए । रेडियो धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा लगायतका जिल्लामा प्रत्यक्ष र अनलाईन मार्फत विश्वभर सुन्न सकिने व्यवस्था रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १५:२२:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology