शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको अमर्खुमा किशोर किशोरी संबाद समूहसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

थाक्रेको अमर्खुमा किशोर किशोरी संबाद समूहसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवराज आचार्य

१३, आश्विन २०७७
  • 13.4K
    SHARES
  • थाक्रेको अमर्खुमा किशोर किशोरी संबाद समूहसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    महादेववेशी । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा अमर्खुमा किशोर किशोरी संबाद समूह संग अन्तरक्रिया कार्यक्रमभएको छ । सहयोगीहातहरुको समूह (सहास) नेपालइल्लिप परियोजनाको आयोजनामा धादिङको थाक्रे ३ अमर्खुमा कार्यक्रम गरिएको हो । कोभिड १९ जस्ता महामारीका समयमा किशोर किशोरी संबाद समूहको भुमिका के हुन सक्छ भन्ने बिषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रमभएको हो । सामाजिक सेवा के हो भन्ने बिषयमा छलफल र संवाद समूहले के कसरी कार्य गर्न सक्छ भन्ने बिषयमा छलफल भएको थियो ।

    images
    images

    IMG_20200924_135703.jpg
    यस पश्चात आफ्नो गाउँमा के कस्ता समस्या रहेका छन् र यसका समाधानका लागि संबाद समूह आँफैले कसरी सामाजिक काम गर्न सक्लान भनी उनिहरुले उपायहरुको खोजि गरि कार्ययोजना बनाएका छन् । संबाद समुहले घर घरमा फोहोर जम्मा गर्ने निश्चित स्थान तयार गर्ने , पारिवारीक फजुलखर्चको पहिचान गरि कटौतिगर्ने , चेतना मुलक नाटक तयार गरि प्रस्तुतगर्ने , सचेतना जगाउने फ्लेक्स ब्यानरहरु राख्ने जस्ता कार्यक्रमहरुको योजना तयार गरेका छन् ।
    सहास नेपालले किशोर किशोरी संबाद समूहमा श्वास्थ्य सामाग्री अन्तर्गत मास्क र साबुन बितरण गरिएको थियो । गाउँमा कृषक समूह मार्फत पनि काम भईरहेको र किशोर किशोरी संबाद समूहलाई पनि उनिहरुको कार्य योजना अनुसार आबश्यक सहयोग र परिचालनमा सहजिकरण गर्ने सहास नेपाल बाट जानकारी भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १९:३७:३१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology