धादिङ । धादिङको गल्छि गाउँपालिकाका वडा अध्यक्ष र वडा सचिवको लागि आयोजित एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढीकरण गर्नको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको हो । गल्छि गाउँपालकाका उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गल्छि गाउँपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो ।
वडाबाट प्रवाह हुने व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा लगायतको तथ्याङकलाई व्यवस्थित बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको हो । सहभागीहरुलाई एम.आई.एस अपरेटर सानुमाया लामा र फिल्ड सहायक विपिन मल्लले विषय बस्तु माथि सहजीकरण गर्नुभएको थियो ।