शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २२ जना कोरोना संकम्रण पुष्टि, संक्रमित संख्या ४ सय ६८ पुग्यो

धादिङमा थप २२ जना कोरोना संकम्रण पुष्टि, संक्रमित संख्या ४ सय ६८ पुग्यो

नागरिक पाटी

१६, आश्विन २०७७
  • 13.6K
    SHARES
  • धादिङमा थप २२ जना कोरोना संकम्रण पुष्टि, संक्रमित संख्या ४ सय ६८ पुग्यो

    धादिङ । धादिङका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका १५ जना, गल्छि गाउँपालिकाका २ जना, थाक्रेका २ जना, गजुरीका २ जना र बेनिघाट रोराङमा १ गरी २२ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ९ की २६,२६ बर्षिया महिला,२१,२५ बर्षिय पुरुष, वडा नं ८ की १८,४३ बर्षिया महिला र४८ बर्षिय पुरुष,वडा नं ११ का ३७ बर्षिय पुरुष,वडा नं ३ का २३,३३ बर्षिय पुरुष र ४८ बर्षिया महिला, ४३ र ४६ बर्षिय पुरुष,वडा नं ४ का २८ बर्षिय पुरुष,वडा नं ५ का २१ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    यस्तै थाक्रे गाउँपालिका वडा नं ६ का २४ बर्षिया महिला र ३२ बर्षिय पुरुष, गल्छि–६ का २७,३६ बर्षिय पुरुष, गजुरी–२ का ३४ बर्षिय पुरुष र वडा नं ६ को ५१ बर्षिय पुरुष र बेनिघाट रोराङ–७ का २४ बर्षिया महिला रहेको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ६८ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १७:४८:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology