शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीमा महिलाहरुका लागी सीपमुलक तालिम सम्पन्न

गजुरीमा महिलाहरुका लागी सीपमुलक तालिम सम्पन्न

शिवराज आचार्य

२१, आश्विन २०७७
  • 8.5K
    SHARES
  • गजुरीमा महिलाहरुका लागी सीपमुलक तालिम सम्पन्न

    गजुरी । गजुरी गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेका बिपन्न र मध्यमवर्गीय परिवारका महिलाहरुलाई लक्षित गरी सीपमुलक र आयमुलक तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

    images
    images

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीकाबीच गजुरी बजारमा सामाजिक दुरी कायम गर्दै नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पालना गरि १० दिने तालिम सम्पन्न गरेको छ ।

    कोरोना भाइरसको संक्रमणको जोखिमका बीच गाउँपालिकाले बिभिन्न वडाहरुबाट समाबेस गरि महिलाहरुलाई आयआर्जनमा सक्षम बनाउने लक्ष्य सहित करिब २५ जना महिलाहरुलाई महिला उद्यमशिल तथा सीपमुलक गुडिया तथा कुसन बनाउने सम्बन्धी तालिम दिइएको हो ।

    तालिम कार्यक्रमको उद्घाटन तथा समापन दुबै कार्यक्रमका प्रमुख अतिथी गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले तालिम पश्चात गजुरी गाउँपालिकाको आयोजनामा समेत सीपमुलक तालिम प्राप्त महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    तालिम कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अहोरात्र खटिएका प्रशिक्षक तथा तालिम प्राप्त महिलालाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता ढुगाना वडा नम्बर १ का वडा अध्यक्ष समुहका व्यतिmहरुको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - ११:१३:४५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology