शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि

त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि

नागरिक पाटी

२५, आश्विन २०७७
  • 6.2K
    SHARES
  • त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि

    धादिङ । त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि हुने भएको छ।

    images
    images

    विश्वविद्यालय डिनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिर तेस्रो सातापछि सञ्चालन गरिने जनाएको हो।

    परीक्षा तालिका सम्वन्धी विवरण भने पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। मन्त्रिपरिषद बैठकले यसअघि नै स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी विश्वविद्यालयले रोकिएका सबै परीक्षा संचालन गर्न सक्ने निर्णय गरेको थियो।

    त्यस्तै त्रिविको केन्द्रीय परीक्षा संचालन समितिको बैठकले अनुकुलता हेरी डिनको कार्यालयले परीक्षा सञ्चालनको निर्णय गर्न सक्ने निष्कर्ष निकालेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - २१:३७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology