शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास (फोटो फिचर )

धुनिबेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास (फोटो फिचर )

शिवराज आचार्य

१, कार्तिक २०७७
  • 12.2K
    SHARES
  • धुनिबेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास (फोटो फिचर )

    जुगेडी । धादिङको धुनिवेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई गाभेर धुनिवेशी नगरपालिका बनाइएको हो । पालिका केन्द्र तोकिएको धुनिबेशी नगरपालिका वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निमार्ण अगाडि बढेको छ । आज एक कार्यक्रमका विच पृर्व स्थानिय विकास मन्त्री तथा धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे, नगरप्रमुख बाल कृष्ण आचार्य र उपप्रमुख निरु खरेलले भवनको शिलान्यास गर्नु भएको हो।

    images
    images

    IMG_7903.JPG
    पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने इन्जिनियर नवराज श्रेष्ठले बताएका छन । २ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेको हो । भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताएका छन।

    नगरप्रमुख बाल कृष्ण आचार्यले विभिन्न समस्यका बाबजुत पनि नगरको प्रशासनिक भबन बनाउन जग्गा मिलाउने देखि आजको शिलान्यास अबस्था सम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनु भएको छ । कुरा खाट्नेहरुको अगाडी नगरले भवन निर्माण समयमा नौ सम्पन्न गर्नुे बताउनु भएको छ ।
    कार्यक्रममा हमयनु भएको पृर्व मन्त्री तथा प्रदेश संसद राजेन्द्र पाण्डेले भवन निर्माणको समयमा सबै नागरिकले ठेक्कदार कम्पनीलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

    IMG_7998.JPG

    IMG_7953.JPG

    IMG_7989.JPG

    IMG_7985.JPG

    IMG_7942.JPG

    IMG_7929.JPG

     

    IMG_7910.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १८:२५:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology