धादिङ । पृथ्वी राजमार्ग स्थित धादिङको थाक्रे गाउँपालिका २ सिम्ले डाङडुङ पुल नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाईकल पूर्णरुपमा जलेको छ ।
मंगलबार दिउँसो २ बजे काठमाडौबाट गजुरी तर्फ जाँदै गरेको ना ३ ख ६०६१ नम्बरको ट्रकले विपरित दिशावाट आउँदै गरको बा २९ प ८७८३ नम्बरको पल्सर मोटरसाईकललार्ई ठक्कर दिँदा मोटरसाईकलमा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागीबाट उक्त मोटर साईकल पूर्णरुपमा क्षति भएको छ भने चालक थाक्रे १ का २२ वर्षिय शंकर तामाङ गम्भिर घाइते भएका छन् । घाईते तामाङलाई उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । धादिङवेशींबाट काठमाण्डौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाईते हुनेमा मुक्तिनाथ विकास वैंङका क्षेत्रिय प्रवन्धक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३४ वर्षिय सुरेन्द्र श्रेष्ठ र गल्छी गाउँपालिका वडा नम्बर १ का ३० वर्षिय विनोद खतिवडा रहेका छन् । त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ का ३८ वर्षिय आईते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका वडा नं ७ का २४ वर्षिय विक्रम विश्वकर्मा र काभे्र जिल्ला रोसी गाउँपालिका वडा नं ३ का ३१ वर्षिय चन्द्रलाल ट्वाटी रहेको प्र्रहरी नायव उपरिक्षक तिम्सिनाले जानकारी दिनुभयो ।
घाईते २ लाई थप उपचारको लागि हेलिकप्टर मार्फत र एक जनालाई एम्बुलेन्सबाट थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको तिम्सिनाले बताउनुभयो । अन्य घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई प्रहरी,स्थानीय बासिन्दाहरुको सहयोगमा उद्वार गरि धादिङ अस्पताल ल्याईएको थियो ।