मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

युनाइटेड इदी मार्दीको आइपीओ कात्तिक अन्तिममा खुल्दै

युनाइटेड इदी मार्दीको आइपीओ कात्तिक अन्तिममा खुल्दै

नागरिक पाटी

२०, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • युनाइटेड इदी मार्दीको आइपीओ कात्तिक अन्तिममा खुल्दै

    काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।

    हाल जारी हुन लागेको कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ ।

    यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

    हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०९:०७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology