शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीका जनप्रतिनिधि र न्यायिक समितिका सदस्यहरुलाई कानुनका बारेमा प्रशिक्षण

धुनिबेशीका जनप्रतिनिधि र न्यायिक समितिका सदस्यहरुलाई कानुनका बारेमा प्रशिक्षण

शिवराज आचार्य

२०, कार्तिक २०७७
  • 12.3K
    SHARES
  • धुनिबेशीका जनप्रतिनिधि र न्यायिक समितिका सदस्यहरुलाई कानुनका बारेमा प्रशिक्षण

    धार्के । धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीहरुकालाई परिवर्तित सन्दर्भमा कानुनका बारेमा उक दिने प्रशिक्षण दिईएको छ । स्थानीय तहका जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारी समेतलाई परिवर्तित सन्दर्भमा कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम भएको हो । मुख्य न्यायाधीवक्ताको कार्यालय बागमती प्रदेश हेटौडाको आयोजनामा एक दिने परिवर्तित सन्दर्भमा कानुन सम्बन्धी जानकारी मूलक कार्यक्रम भएको छ ।

    images
    images

    dhunibesh.jpg
    मुख्य न्यायाधीवक्ताको कार्यालय बागमती प्रदेश हेटौडाका प्रमुख न्यायाधिवक्ता ओम प्रसाद थपलियाले घटना दर्ता सम्बन्धि कानुनमा भएका प्राभधानहरुका बारेमा जानकारी गराउँनु भएको थियो ।
    कार्यक्रममा देवानी,फौजदरी,सारवान कानुन, कार्यविधि कानुन, प्रकृतिक न्यायको सिद्धान्त, स्थानिय सरकार सञ्चालन ऐन २०७४,मुलुकी फौजदारी कार्याविधि संहिता २०७४ को बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

    dhu 1.jpg
    मुख्य न्यायाधीवक्ताको कार्यालय बागमती प्रदेशका शाखा अधिकृत कौशल ढुंगानाले मुलुकी संहिताहरुमा स्थानीय तहको भूमिकाका बारेमा जानकारी गराउँनु भएको हो । मुलुकी देवानी संहिता ऐन २०७४,मुलुकी अपराध संहिता २०७४,फौजदारी कुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ का कानुनकाबारेमा जानकारी ग।ाईएको हो ।
    कार्यक्रममा बोल्नु हुदै धुनिबेशी नगरपालीकाका उपप्रमुख निरु खरेलले स्थानिय तहमा न्यायिक समितिले विभिन्न कानुनका बारेमा जानकारी लिएर मेलमिलाप गनु पर्ने हुदा समेत प्रदेश सरकारले कानुन पढेका व्यक्ति नपठाउँदा समस्या भएको बताउनु भयो ।
    त्यसै गरी कार्यक्रममा बोल्नु हुदै धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले स्थानिय तहले भोग्नु परेको मुदा हेर्ने प्रदेश सरकारको मातहतमा रहेको मुख्या न्यायाधिवक्ता कार्यालयले हेर्न नमिल्दा निजि वकिल खोज्दै हिड्नु परेको बताउनु भएको छ । यसको सहजताका लागी मुख्या न्यायाधिवक्ता माफत प्रदेश सरकारलाई अनुरोध समेत गर्नु भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १८:१७:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology