धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिकाका ९ जना, गजुरी,बेनिघाट रोराङ र खनियाँबास गाउँपालिकाका १/१ जनागरी १२ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ७ पुगेको छ ।