शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको थाहा ११ मा प्रथम अष्टमान बल स्मृती फुटबल कप २०७७ सुरु

मकवानपुरको थाहा ११ मा प्रथम अष्टमान बल स्मृती फुटबल कप २०७७ सुरु

शिवराज आचार्य

२१, कार्तिक २०७७
  • 9.9K
    SHARES
  • मकवानपुरको थाहा ११ मा प्रथम अष्टमान बल स्मृती फुटबल कप २०७७ सुरु

    धार्के,धादिङ । सिर्जनशिल टोल विकास संस्था थाहा ११ को आयोजनामा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिस्टुङ खुकुरी खेलमैदानमा आजबाट प्रथम अष्टमान बल स्मृती फुटबल कप २०७७ सुरु भएको छ ।
    असोज २१ गतेबाट सुरु भएको फुटबल कपमा मकवानपुरका र धादिङ थाक्रेका गरी १७ वटा टिम सहभागी भएका छन् । फुटबल प्रतियोगीता कात्तिक ३० गते सम्म सञ्चालन हुने थाहा ११ का वडा अध्यक्ष किरणमान बलले जानकारी दिनु भएको छ ।
    प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गर्न भएको हो । उहाँले स्वर्गीय अस्ठमान बलको राजनितिक तथा सामाजिक योगदानको समेत चर्चा गर्नु भएको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासघं बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, जिल्ला फुटबल सघं मकवानपुरका अध्यक्ष टिका लामा लगायतको आतित्यता रहेको थियो।
    प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, शिल, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुनेले २५ हजार नगद, शिल, मेडल, प्रमाणपत्र र तृतिय हुनले नगद १५ हजार सहित शिल,मेडल,प्रमाणपत्र प्राप्त गर्ने थाहा–११ का वडा अध्यक्ष बल जानकारी दिनु भयो । प्रतियोगितामा सबै भन्दा बढि गोल गर्ने ,उत्कृष्ट किपर र उत्कृष्ट खेलडीलाई शिल प्रदान गरिने छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - २१:५४:१४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology