गजुरी । गजुरी गाउँपालिका वडा नम्वर १ गजुरीमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना,आयोजना क्लष्टर ईकाई गोरखाको आयोजनामा वहुसरोकारवाला सम्वाद मञ्च गठन कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना,आयोजना क्लष्टर ईकाई गोरखाका प्रमुख दुर्गा प्रसाद पण्डितको अध्यतामा भएको कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख प्रशशासकिय अधिकृत राजन घिमिरे, कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलको आतिथ्यता रहेको थियो ।

यसै गरी फ्यान्सेप परियोजनाका कृषि अधिकृत अनुप नैना वस्ती,एफ ए ओ का प्राबिधिक विग्य समूह, कार्यक्रममा गजुरी गाँउपालिकाका कृषि तथा पशु स्वास्थ्य शाखाका प्रमुख, गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, कृषक समुहका अध्यक्ष तथा प्रतिनिधि, निजि िकृषि तथा भेटेरीनरी सेन्टरका प्रतिनिधि सहित ४३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बहुसरोकारवाला मन्चको परिभाषा तथा परिचय, यसको उद्देश्य, यसमा आवद्द हुुने सरोकारवालाहरु, मन्चका फाईदा तथा महत्व, मूल्य श्रृङ्खला, यसको अवधारणा तथा आवश्यकता, भुमिका तथा कर्तव्य, बजार सम्वन्ध, मन्चकोे संरचना, मन्च गठन निर्देशिकाका विषयमा खाद्य तथा पोषण सुरक्षा आयोजना गोरखा क्लटरका प्रमुख दुर्गा प्रसाद पण्डितले सहजिकरण गर्नुभएको थियो ।
निर्देशिका अनुसार गाउँपालिका अध्यक्षको अध्यक्षतामा गाउँपालिका स्तरमा कार्यरत सरोकारवालाहरुको सहभागितामा गाउँपालिका स्तरिय वहु सरोकारवाला मन्चको गठन गर्ने विषयमा छलफल भएको छ । गजुरी गाउँपालिकामा खाद्य सुरक्षा सुधार गर्ने, पोषण अवस्था सुधार गर्ने, कृषकको उत्पादन वृद्दि तथा बजारको प्रवर्धन गर्ने खाद्य तथा पोषण सुरक्षा आयोजना सञ्चालनमा रहेको छ ।