आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिडबाट जोगिएर छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान

कोभिडबाट जोगिएर छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान

नागरिक पाटी

५, मंसिर २०७७
  • 8.9K
    SHARES
  • कोभिडबाट जोगिएर छठ पर्व मनाउन राष्ट्रपति भण्डारीको आह्वान

    धादिङ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेकी छन् ।

    images

    आज शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै उनले भनेकी छन्, सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान रूपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा दिने विश्‍वास लिएको छु ।

    शुभकामना सन्देशमा भनिएको छ,ुनेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्‍ट हटेर जाने जनविश्‍वास रहेको छ ।ु

    सन्देशमा भनिएको छ, विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठपर्व मनाउनका लागि सबैमा आह्वान गर्दछु । समय-समयमा हात धुने, दुई मिटर व्यक्तिगत दूरी कायम गर्ने तथा सही तरिकाले मास्क लगाउने कार्य नै संक्रमणबाट बच्ने उपायहरू हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - ०७:०१:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology