शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा सहास नेपालद्धारा ११ जनालाई ३३ वटा बाख्रा वितरण

थाक्रेमा सहास नेपालद्धारा ११ जनालाई ३३ वटा बाख्रा वितरण

शिवराज आचार्य

९, मंसिर २०७७
  • 10.5K
    SHARES
  • थाक्रेमा सहास नेपालद्धारा ११ जनालाई ३३ वटा बाख्रा वितरण

    महादेबबेशी । धादिङको थाक्रे ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३÷३ वटाको दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण भएको छ । सहयोगीहातहरुको समूह(सहास) नेपाल स्थानिय प्रयासमा जिबिको पार्जन सुधार परियोजना (इल्लिप) ले थाक्रे गाउँपालिका संगको समन्वयमा बाख्रा बितरण गरेको हो । थाक्रे ८ माझगाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ काउलेको मखमली कृषक समूहका ५ जना गरि ११ जनाका लागी बाख्रा सहयोग भएको हो ।

    images
    images

    सहास नेपालले काम गरि रहेका समूहहरुको माग निबेदन,गाउँपालिका र वडा संगको समन्वय पश्चात सदस्यहरुलाई बाख्रा उपलब्ध गराईएको हो । उचित ब्यवस्थापनका लागी कृषक स्वयं जिम्मेवार रहुनपर्ने साथै,समूह ,परियोजना र वडा कार्यालय बाट समेत नियमित अनुगमन हुने कुरा सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनु भएको छ ।

    Majhgaun.jpgसाथै सदस्यहरुको आय आर्जनमा थप टेवा पु¥याउन कार्यक्रम गरिएको बताउनु भयो ।अहिले बाख्रा लिएका सदस्यहरुले १ बाख्राको अर्को १ पाठी समूहमा उपहार दिनेछन् र समूहले पुन अन्य सदस्यलाई पालै पालो बितरण गर्नेछ ।


    थाक्रे गाउँपालीका वडा नं ८ का अध्यक्ष केशव प्रसाद प्याकुरेलको बिशेष उपश्थिती ,कार्यपालिका सदस्य कृषणमायाँ आले र अन्य वडा सदस्यहरुको समेत उपस्थितीमा बाख्रा हस्तान्तरण गरिएको छ । गाउँमा नमुनाको रुपमा बाख्रा पालन कार्यलाई अघि बढाउने र श्रोत केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको सदस्यहरुले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - २१:१९:२७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology