धार्के । कोरोना भाइरस (कोभिड-१९) का कारण रोकिएको धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रम अब स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुचारु गर्नु सरोकारवालाहरुले अनुरोध गरेको छन ।
दैनिक ४ सय ५० जनालाई विहानको खाना र १ हजार ५ सय जना विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रम कोभिड-१९ का कारण रोकिएको थियो ।
थाक्रे गाउँपालिका वडा नम्बर ४, ५ र मकवानपुरको थाहा नगरपालीका वडा नम्बर ११ र १२ का विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खाना, दिवा खाजा खुवाउँदै आएकोमा कोभिड-१९ का कारण रोकिएको उक्त कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सुरु गर्नका लागी सम्बन्धीत वडाका वडा अध्यक्ष तथा विद्यालयका प्रधानाध्यपकहरुले जनभोजन कार्यक्रमका व्यावस्थापक भोला राउत मार्फत प्रेम सागर फाउन्डेशन लाई अनुरोध गरेका छन ।
थाक्रे गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष भूमि बहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रममा थाक्रे गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, शिक्षा शाखा प्रमुख अनिता खनाल,थाक्रे ४ का वडा अध्यक्ष, थाहा नगरपालीका वडा नम्बर ११ र १२ का वडा अध्यक्ष, कार्यापालीका सदस्य,विभिन्न विद्यालयका प्रधानाध्यपकहरु लगायतको उपस्थिति रहेको जनभोजन कार्यक्रमका व्यावस्थापक भोला राउतले रेडियो राजमार्गलाई जानकारी दिनु भयो ।