धार्के । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अबसरमा धादिङको थाक्रे गाउँपालीकाका विभिन्न वडाहरुमा बालबिवाह, बालश्रम लगायत बालबालिकाको जोखिम न्यूनिकरण गर्न सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिड्स नेपाल धादिङको आयोजना तथा युएमयन धादिङको सहयोगमा थाक्रे गाउँपालिकाको वडा नम्बर २,४,५,६ र ११ को परियोजना क्षेत्र भित्रका घर घरमा गएर सचेतीकरण अभियान सञ्चालन गरिएको छ ।
वडा नम्बर २ का ८ सय जन, वडा नम्बर ४ का ५ सय ४० जना, वडा नम्बर ५ का ३ सय ४० जना, वडा नम्बर ६ का ५ सय जना र वडा नम्बर ११ का ५ सय ५० जनाको घर घरमा गएर बालबिवाह, बालश्रम लगायत बालबालिकाको जोखिम न्यूनिकरण गर्न सचेतीकरण कार्यक्रम गरिएको जोखिममा रहेका बालबालीकाहरुका लागि सुरक्षित परियोजनाका परियोजना संयोजक दिल बहादुर रम्तेलले जानकारी दिनु भयो ।
बालबिवाह, बालश्रम लगायत बालबालिकाको जोखिम न्यूनिकरण गर्न सचेतीकरण अभियानमा परियोजनाका मेन्टर ९ जना र थाक्रे युवा परिषदका युवा भोलिन्टिर ४० जनाले साथ दिएको संयोजक रम्तेलले जानकारी दिनु भएको छ ।