बैरेनी,धादिङ । पुर्व शिक्षा मन्त्री तथा नेकपा नेता डा. गंगालाल तुलाधरले संघिय सरकारबाट बजेट आएकोले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन्।
धादिङको गल्छि गाउँपालिकाको बैरेनीमा १५ शैयाको आधारभुत अस्पतालको शिलान्यास गदै उहाँले धादिङको राजमार्ग क्षेत्रमा हुने गरेका सडक दुर्घटनाले उपचारका लागि काठमाडौं जान’ पर्ने बाध्यताको अन्त्य हुने बताएका छन । आधारभुत अस्पतालमा विशेषज्ञ सेवा समेत हुने बताउनु भएको छ ।
जिल्ला समुन्वय समितिका संयोजक जगनान्थ नेपालले गल्छिका आम नागरिले राम्रोे स्वास्थ्य सेवा पुग्ने बताएका छन । उहाँले संघिय सरकारले आधारभुत अस्पतालका लागी गल्छि गाउँपालिका लाई छनोट गरेकोमा धन्यवाद दिनु भएको छ ।
शिलान्यस कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले गल्छिका नागरिकलाई डाक्टर सहितको स्वास्थ्य सेवा पुरोउन गाउँपालिका लागि रहेको बताएका छन । संघिय सरकारको विशेष अनुदानमा आधारभूत अस्पताल निर्माण हुने बताउनु भएको छ । उहाँले आधाभूत अस्पताल निर्माणका लागी नपुग ३ रोपनी जग्गा गाउँपालिकाले किनेर मिलाएको बताउँनु धएको छ ।
शिलान्यस कार्यक्रममा पुर्व शिक्षा मन्त्री तथा नेकपा नेता डा. गंगालाल तुलाधर,जिल्ला समुन्वय समितिका संयोजक जगनान्थ नेपाल, गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, नेकपाका नेताहरु, विभिन्न वडाका वडा अध्यक्षहरु स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञावली लगायतको उपस्थिति रहेको थियो ।