महादेबबेशी । मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा आज एक कार्यक्रमका विच सम्पन्न छ ।
धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ११ बालुवाफाँट महादेबबेशी रहेको सस्ंथाले साविका थाक्रे,तसर्पु,गोगनपानी र केवलपुरमा आफ्नो सेवा क्षेत्र बनाएर काम गर्दै आएको छ । समान आवश्यकता, उद्देश्य र भावना भएका २५ जना महिलाहरु मिलेर २०६५ सालमा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो ।
२०६५ सालमा २५ हजार पुँजीबाट शुरु गरीएको सहकारीमा १२ औं बर्षमा प्रबेश गर्दा ६ करोड ७८ लाख ७० हजार ३ सय ६८ रुपैयां कारोबार गर्न सफल भएको सहकारीका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले जानकारी दिनुभएको छ ।

सहकारीका सदस्यहरुले संस्थाबाट आवश्यकता अनुसारका ऋण लिएर विभिन्न किसिमका व्यवसायहरु सञ्चालन गर्दै आउनु भएको संस्थाका सचिव यसोदा विडारीले बताउँनु भयो । उहाँले सहकारीको आर्थिक कोरोवार चुस्त, दुरुस्त र पारदर्शि बनाउनका लागी सफ्वेयर प्रणालीमा संस्थाको लेखा व्यवस्थापन गरिएको समेत बताएका छन् ।
कोरोना महामारीको यो विषम परिस्थितिमा संस्थाले सदस्यहरुको केही हद सम्म सहजीकरण गर्न सहिएको संस्थाका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले बताउनु भएको छ । उहाँले संस्थामा १ हजार १ सय ५० जना सदस्यहरु, ६ सय जना बाल बचत कर्ता समेत रहेको बताउनु भएको छ । उहाँले कार्यक्रममा बोल्नु हुँदै संस्थाले युवा स्वरोजगर कार्यक्रम मार्फत ५० लाख ऋण लिएर सदस्यहरुलाई सहुलेतदरमा कर्जा लगानी गरेको र संस्थाको ७ आंना १ पैसा जग्गा आफ्नौ नाममा रहेको समेत जानकारी दिनु भएको छ ।
साधारण सभाको अबसरमा सदस्य राहत कोषबाट ३ जना लाई नगद सहयोग गरेको छ । ब्लट क्यान्सरबाट प्रभावीत संस्थाका सदस्य चिनिमैया सुनारको १२ बर्षका छोरा आकास सुनारलाई नगद रु. ५ हजार, गाडी दुर्घटनाबाट प्रभावित संस्थाका सदस्य कमला नेपालका श्रिमान राम शरण नेपाललाई नगद ५ हजार र मृटुरोग बाट प्रभावित संस्थाका सदस्य लक्ष्मि अर्यालका सासु सान्नानी अधिकारीलाई नगद रु १ हजार ५ सय रुपैयाँ कार्यक्रमका प्रमुख अतिथि गोकर्ण रुपाखेतीको हातबाट वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले महिलाको लिडरमा रहेको सहकारी एक अंबल रहेको बताउनु भएको छ । उहाँले हाम्रो समाजमा परिवर्तन गर्न आफ्नो घरमा रहनु भएका आमा, भाउज, दिदी र श्रिमतीलाई काममा लाग्न प्रोसान गर्नु पर्ने बताउनु भएको छ । समाजमा रहेको लैगिक विभेदको अन्त्यका लागी सहकारी एक अंग्रणी हुने बताउनु भएको छ ।