धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार धादिङको नीलकण्ठ नगरपालिकाका २ जना, थाक्रे र सिद्धलेक गाउँपालिकाका २/२ जना र धुनीबेशी नगरपालिकाका १ जना गरी थप ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।
थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ का ३७ बर्षिय पुरुष, वडा नं ८ का ६३ बर्षिय पुरुष, सिद्धलेक गाउँपालिका–१ की ७० बर्षिया महिला, वडा नं ६ की ४५ बर्षिया महिला रहेकी छिन् । यस्तै थाक्रे गाउँपालिका वडा नं १० का ५२ बर्षिय पुरुष, वडा नं ३ की ४९ बर्षिया महिला र धुनीबेशी नगरपालिका वडा नं १ का ३३ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ५५ पुगेको छ ।