आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

नागरिक पाटी

२३, मंसिर २०७७
  • 8.9K
    SHARES
  • सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ। मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो। नेपाल र चीनद्वारा संयुक्तरुपमा नयाँ उचाइ घोषणा गरिएको हो।

    images

    यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो। जुन उचाइ सन् १९५४ मा भारतको सर्भे अफ इन्डियाले मापन गरेको हो। हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो ।

    सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १४:५२:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology