शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको हाँगेटारमा चेपाङ छात्रबासको भवन शिलान्यास

गजुरीको हाँगेटारमा चेपाङ छात्रबासको भवन शिलान्यास

उद्धव चेपाङ

२४, मंसिर २०७७
  • 9.4K
    SHARES
  • गजुरीको हाँगेटारमा चेपाङ छात्रबासको भवन शिलान्यास

    गजुरी । गजुरी गाउँपालिका वडा नम्वर १ हाँगेटारमा चेपाङ छात्रबासको नँया भवनको शिलान्यास भएको छ । प्रयास नेपाल धादिङको अध्यक्ष रेस्टर्न कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समनवय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

    images
    images

    130543913_983860575357515_2346981534342822905_n.jpg

    कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेत, उपाध्यक्ष सिता ढुङ्गाना, प्रमुख प्रशासकिय अभिकृत राजन घिमिरे, वडा नम्वर १ का अध्यक्ष राजकुमार ढुङ्गाना, विभिन्न राजनिितक खलका प्रतिनिभि, पत्राकार, संघ संस्थाका प्रतिनिहिरुको आतिथ्यता रहेको थियो । चेपाङ समुदायको शैक्षिक स्तर वृद्दी गर्ने उद्देश्यका साथ प्लानेट इन्फान्ट एन्ड डेभ्लपमेन्टको सहयोग र प्रयास नेपाल धादिङबको संयोजनमा छात्रवास निर्माण हुन लागेको हो ।

    ३० जना बालबालिका राखेर अध्यापन गराउन सहज हुने गरि एक करोड पच्चिस लाखको लागतमा छात्र बास निर्माण गर्न लागिएको हो । छात्रवास सङ्गै खेल मैदान , अध्ययनकाको लागि पुस्तकालय र वार्डेन रूम सहित बन्न लागेको हो । नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठान, जिल्ला विकास समिती धादिङको समन्वयमा २०६८ सालदेखी जिल्ला स्तरको चेपाङ छात्रवास सन्चालन गर्दै आइरहेको छ ।

    स्थानिय निकायको गठन पछि गजुरी गाउपालिकाको आर्थिक सहयोगमा छात्रवास सन्चालन भैरहेको छ । स्थानिय निकायको गठन भए पछि केही समय समस्या भए पनि अहिले छात्रवास सन्चलानमा सहज भएको नेपाला चेपाङ सङ्घ जिल्ला कार्यसमितिका सचिब कृष्ण चेपाङले बतौनुभयो ।

    हालसम्म ३० जनाले यस छात्रवासमा बसेर अध्ययन गरि एस एल सि उत्तीर्ण गरिसकेका छन । एस एल सी उत्तीर्ण गरेका मध्य ४ जना स्टाफ नर्स उत्तीर्ण गरि सरकारी र गैर सरकारी निकायमा कार्यरत छन भने ६ जना शिक्षिका हुनुहुन्छ । २० जनाले उच्च शिक्षा अध्ययन गरिरहनुभएको छ । छात्रवासमा बसेर अध्ययनका लागि छनौट गर्दा अभिभावक गुमाएका, आर्थिक अवस्था कमजोर भएका विद्यालय टाढा भएकालाई विशेषगरी प्राथमिकतामा राखेर छनौट गरि नेपाल चेपाङ सङ्घले सिफारिस गरेका चेपाङ छात्राहरुलाइ छनौट गर्ने गरिन्छ ।

    छात्रवासका कारण चेपाङ समुदायको शैक्षिक स्तर वृद्दी मा सहयोग पुगेको नेपाल चेपाङ संघ जिल्ला कार्यसमिति धादिङका सचिव कृष्ण चेपाङले बताउनुभयो । यसै गरि चेपाङ विकास कार्यक्रम अन्तर्गत स्थापना भइ गोरखा, चितवन र मकवानपुर जिल्लामा पनि चेपाङ छात्रवास सन्चालन भैरहेको र हाल सम्बन्धीत स्थानिय निकायको सहयोगमा चेपाङ छात्रवास सन्चालन भैरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - २०:२३:३७ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology