शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाद्धारा शिक्षण पेशामा छनौट भएकालाई नियुक्ति तथा पदस्थापन

गल्छि गाउँपालिकाद्धारा शिक्षण पेशामा छनौट भएकालाई नियुक्ति तथा पदस्थापन

विपिन मल्ल

३०, मंसिर २०७७
  • 17.5K
    SHARES
  • गल्छि गाउँपालिकाद्धारा शिक्षण पेशामा छनौट भएकालाई नियुक्ति तथा पदस्थापन

    गल्छि । धादिङको गल्छि गाउँपालिकाले शिक्षण स्वँयसेवक कोटामा छनौट भएका उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापन कार्यक्रम गरेको छ । ६ जना निम्न माध्यमिक विद्यालय र १६ जना माध्यमिक विद्यालय कोटा गरि जम्मा २२ जना सफल उम्मेदवारहरुका लागि नियुक्ति तथा पदस्थापन कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

    images
    images

    २०७७ असोज ९ गते विज्ञापन गरि कोभिडका कारण मंसिर २२ गते माध्यमिक तह अन्तर्गत विज्ञान, लेखा, गणित, नेपाली, सामाजिक, अँग्रेजी र २३ गते निम्न माध्यमिक अन्तर्गत अँग्रेजी, गणित र नेपाली विसय विज्ञहरुको उपस्थितिमा सोही दिन परिक्षा लिई नतिजा प्रकाशित गरिएको गल्छी गाउँ पालिकाको प्रा.स. प्रदिप पराजुलीले जानकारी दिनुभयो।131272202_690639384979548_3464823960190833607_n.jpg

    नियुक्ति तथा पदस्थापन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गर्नुभएको थियो । उहाँले सफल उमेद्वारहरुलाई विद्यार्थीहरुको उज्वल भविष्य बनाउन शुभकामना व्यक्त गर्नु भएको छ । त्यसै गरी उपाध्यक्ष राधा तिमिल्सिना (लामिछाने) ले पनि शुभकामना दिनु भएको थियो । भने शिक्षा अधिकृत बुद्धि प्रसाद भट्टले सफल उमेद्वारहरुलाई पुस १ गते देखि तोकिएको विद्यालयमा हजिर भै पठन पाठ्न सुरु गर्न निर्देशन समेत दिनुभएको छ ।

    131787057_425045328522434_5893949168094720589_n.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १९:५५:४२ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology