शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मन्सामान्स्भी कृयशनको आधुनिक गित ‘लाख बिन्ती’ सार्वजनिक (भिडियो सहित)

मन्सामान्स्भी कृयशनको आधुनिक गित ‘लाख बिन्ती’ सार्वजनिक (भिडियो सहित)

नागरिक पाटी

१२, पौष २०७७
  • 14.9K
    SHARES
  • मन्सामान्स्भी कृयशनको आधुनिक गित ‘लाख बिन्ती’ सार्वजनिक (भिडियो सहित)

    धादिङ। मन्सामान्स्भी कृयशनको आधुनिक गित लाख बिन्ती युट्युवमा सार्वजनिक भएको छ । आज आइतबार मात्रै मन्सामान्स्भी कृयशनको अफिसियल युट्बबाट पहिलोपटक सार्वजनिक गरिएको सो गितमा गायक रामकृष्ण ढकालले स्वर भरेका छन् । सरोज प्याकुरेलको संगित रहेको सोही गितको भिडियोमा नेपाली चलचित्रका सफल नायक दिलिप रायमाझी,बिन्दिया शाही,सपनकुमार थापा,निक्स शर्मा लगायतले अभिनय गरेका छन् ।

    images
    images


    गितका प्रस्तोता लभ्ली नविन हुन भने निर्माता सरला भण्डारी अधिकारी रहेकी छिन् । गितका निर्देशक राजु अधिकारी हुन भने प्राविधिक निर्देशक आशुतोष अधिकारी र प्रमुख सहायक निर्देशक दिपक अधिकारी हुन् । प्रेम र बिछोडको मर्म समेटिएको गितमा सिनेमेटोग्राफरमा रविन्द्र बराल,सम्पादनमा राजेश कुमार र ड्रोन भिडियो छायाङकन मनोज चौधरी र पुजन लामिछानेले गरेका हुन् ।

    पोखरा र सौराहमा छायाङकन गरिएको गितमा कथाले मागे अनुसार अभिनय र दृष्य छनोटमा आफुले कुनै सम्झैता नगरेको प्रस्तोता लभ्ली नविनले अनलाइनकेन्द्रलाई बताए । उनले गितको म्युजिक भिडियोमा गुणस्तर कायम गर्न हरसम्भव प्रयास गरिएको बताए । नेपाली गित संगितमा बादशाहका रुपमा रहेका गायक राकृष्ण ढकालको स्वरमा सजिएको गित र त्यसमा प्रस्तुत भिडियोमा नायक रायमाझीको उत्कृष्ट अभिनयले भिडियो सोचे अनुसार भएको उनको भनाई थियो ।

    मन्सामान्स्भी कृयशनका सञ्चालक समेत रहेको नविनले आगामी दिनमा सो कृयशनले गित चलचित्र निर्माण तथा भिडियोहरु सार्वजनिक गर्दै जाने बताए । उनले लाख बिन्ती चाँडै नै फिमेल भर्सनमा नव(प्रतिभाको रुपमा गायीका ब्युटी रसालको स्वरमा आउने बताए । नविनले आफुले नव प्रतिभाहरुलाई प्राथामिकतामा राख्ने बताए ।

    भिडियो हेर्नुहोस्

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १९:४७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology