शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने

सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने

नागरिक पाटी

१३, पौष २०७७
  • 4.6K
    SHARES
  • सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने

    धादिङ । सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

    images
    images

    यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै अब कोरोना सङ्क्रमितको उपचार सरकारी अस्पताल तथा मेडिकल कलेजहरूबाट मात्र हुने छ ।

    मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले बेलायतलगायत विभिन्न देशबाट फर्किएका दुई सय ७७ जनाको पीसीआर परीक्षण गरी कोरोना पुष्टि भएमा जीन सिक्वेन्सिङ पनि गर्ने निर्णय गरेको छ ।

    बेलायतलगायतका विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि त्यस्ता देशबाट नेपाल आएकाहरूमा पनि कोरोनाको नयाँ प्रकार हुन सक्ने भएकोले परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०८:०२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology