शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतको अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

भारतको अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

नागरिक पाटी

२५, पौष २०७७
  • 9.2K
    SHARES
  • भारतको अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

    एजेन्सी . भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ ।

    images
    images


    अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो । युनिटबाट सात शिशुलाई बचाइएको छ । यस्तै १० जनाको मृत्यु भएको छ ।

    जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो । यहाँ नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखिन् । त्यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिइन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:५५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology